यस्तो बन्यो गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति

यस्तो बन्यो गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति
  • २ माघ २०८२, बिहीबार ०७:५१

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । आइतबार सुरु भएको विशेष महाधिवेशनबाट थापा सर्वसम्मत सभापति चयन भएका हुन् । निर्वाचन समितिका संयोजक सीताराम केसीले मध्यरातपछि पदाधिकारीसहितको पूर्ण केन्द्रीय कार्यसमिति सार्वजनिक गरेका थिए ।

mulpatra

विशेष महाधिवेशनले देउवा पक्षले गगन थापासहित केही नेतामाथि गरेको कारबाहीलाई खारेज गर्दै नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको अवस्थामा पुगेको छ । अब देउवा समूह र गगन समूहबीच पार्टीको आधिकारिकता, नाम र संगठनको वैधानिकतासम्बन्धी विवाद सतहमा आउने देखिएको छ ।


यी हुन गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समिति

mulpatra mulpatra mulpatra