कांग्रेस विभाजनमा पश्चिम र अमेरिका किन उत्सहित देखिए
काठमाडौं– नेपालमा राजनीतिक दलको उदय र प्रजातान्त्रिक अभियानको मुख्य खेलाडी मानिएको र विघटित प्रतिनिधी सभाको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेस आजबाट तेस्रो पल्ट औपचारिक रुपमा विभाजन भएको छ ।

कांग्रेसको केन्द्रिय समिति बैठकले बुधबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भण्डारी तथा सहमहामन्त्री फर्मुला मनसुरलाई आगामी पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी ‘अनुशासनको कारबाही’ गरेको छ । उता भृकुटीमण्डपमा भइरहेको अर्को पक्षको विशेष महाधिवेशनले गगन थापालाई निर्विरोध सभापतिमा निर्वाचित गरिसकेको छ ।
उक्त महाधिवेशनमा पहिलो दिन ५७ प्रतिशतको प्रतिनिधित्व रहेको भनिएको थियो भने भोलिपल्ट ६३ प्रतिशत पुगेको भनिएको थियो । त्यसपछि कुनै आधिकारिक आँकडा आएको छैन । संस्थापन पक्षले दुई तिहाई अर्थात् ६७ प्रतिशत महाधिवेश प्रतिनिधीलेमात्रै पुरानो केन्द्रिय कार्यसमिति भंग गर्नसक्ने दाबी गर्दै आएका छन् । जुन, महाधिवेश आयोजकहरुले दाबी देखाउन सकेका छैनन् । उनीहरुले साधारण बहुमतको कुरा अघि बढाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
विधानका धाराहरु केलाउँदा भलै यो निर्णय ‘अवैधानिक’ देखिएको किन नहोस्, तर नेपाली कांग्रेस भित्र र बाहिर पनि गगनकुमार थापा र विश्वप्रकाश शर्मा भण्डारीको नेतृत्वमा भएको यो विद्रोहले राम्रै चर्चा पाएको छ । खासगरी पश्चिमा शक्तिहरु यस घटनासँग असाध्यै धेरै उत्सहित भएको भनेर विश्लेषकहरुले बताइरहेका छन् ।
सायद त्यसै कारण होला, कयौँ विश्लेषक र कानूनका जानकारहरु पनि अहिले विद्रोही पक्षको बैधानिकता सिद्ध गर्ने दौडमा छन् । ‘भोलिका दिनमा निर्वाचन आयोगले यस विद्रोहलाई नै स्वीकार गरेर मान्यता दियो भने पनि आश्चर्य चकित हुनुपर्ने कारण छैन’, नेपाली कांग्रेसलाई नजिकबाट नियाल्दै आएका एक जना कानूनविदले बुधबार राती अर्थपथसँग भने, ‘किनकी, यो नेपाल हो । यहाँ कानूनभन्दा बढी अरु धेरै कुरा प्रभावी हुन्छन् ।’
त्यस्तो अवस्थामा देउवा नेतृत्वको कांग्रेसको अर्को खेमा भने लामो समयसम्म अदालत धाएको धायै गर्नुपर्ने अवस्था पनि बन्नसक्ने ती कानूनका जानकार बताउँछन् ।
Image Source: © https://mulpatra.com
यदी त्यसो नभएर साँच्चै कांग्रेसको विधानको पालना हुने हो भने चाहीँ पार्टी, चारतारे झण्डा र रूख चुनाव चिह्न देउवासँगै रहने छ । यो अवस्थामा देउवाले संसद पुनःस्थापना गर्ने केपी ओली नेतृत्वको एमाले प्रस्तावलाई समर्थन गर्ने वा नयाँ ढंगले चुनावमा होमिने अवस्था बन्ने छ ।
जे होस्, दुई टुक्रा भएर चुनावमा जाँदै गरेको कांग्रेसका लागि फागुन २१ मै निर्वाचन भएमा सबैभन्दा धेरै घाटा लाग्नेवाला छ, त्यो चाहे जुनसुकै खेमाको किन नहोस् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



