२०२५ मा चीनको व्यापार नाफा १.२ ट्रिलियन डलर,
काठमाडौं– कुनै देशले आयातको तुलनामा निर्यात कति धेरै गर्छ भन्ने मापन गर्ने चीनको व्यापार नाफा रेकर्ड १.२ ट्रिलियन डलर पुगेको छ । यो सन् २०२४ को तुलनामा २० प्रतिशतको वृद्धि हो। चिनियाँ कम्पनीहरूले अमेरिकी उपभोक्ताहरूबाट टाढिँदै दक्षिण–पूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका उदीयमान बजारहरूमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

सन् २०२५ मा चीनले विश्वकै सबैभन्दा ठूलो व्यापार नाफा (ट्रेड सप्र्लस) दर्ता गरेको छ । विश्वको सबैभन्दा ठूलो उत्पादक राष्ट्र चीनले अमेरिकी भन्सार शुल्कको दबाबलाई चुनौती दिँदै अन्य विश्वव्यापी बजारहरूमा आफ्नो निर्यात बढाएर यो सफलता हात पारेको हो ।
तथ्याङ्क अनुसार, चीनको सबैभन्दा ठूलो एकल निर्यात बजार मानिने अमेरिकासँगको व्यापार वर्षको पहिलो ११ महिनामा १६.९ प्रतिशतले घटेको छ।
![]() |
![]() |
![]() |
|---|
विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच गत वर्षभरि चलेको ‘टीट फर ट्याट’ व्यापारिक द्वन्द्वका कारण अमेरिकातर्फको निर्यातमा भारी गिरावट आए पनि चिनियाँ अधिकारीहरूले बलियो व्यापारलाई देशको स्थिरताको संकेतका रूपमा प्रस्तुत गरेका छन्।
जटिल र चुनौतीपूर्ण बाह्य वातावरणका बाबजुद चीन अगाडि बढेको भन्दै चीनका भन्सार ब्युरोका उप–प्रशासक वाङ जुनले बुधबार एक पत्रकार सम्मेलनमा उच्चस्तरीय मेसिन टूल्स र औद्योगिक रोबोटहरू लगायतका उच्च प्रविधियुक्त सामानहरूको निर्यात १३ प्रतिशतले बढेको बताए ।
त्यस्तै इलेक्ट्रिक सवारी साधन (ईभी), लिथियम ब्याट्री र सौर्य प्यानल जस्ता फोटोभोल्टिक उत्पादनहरूको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ।
Image Source: © https://mulpatra.com
अमेरिका र चीनले एक–अर्काका सामानमा भन्सार शुल्क बढाउँदा निर्यात घट्नुको सट्टा चीनले विश्वका अन्य बजारहरूमा आफ्ना उत्पादनहरू थप विस्तार गरेको छ। यो रणनीति चिनियाँ कम्पनीहरूले ट्रम्पको पहिलो व्यापार युद्धको समयमा विकास गरेका थिए।
चीनले गत वर्षको बलियो निर्यातले बेइजिङलाई अमेरिकासँग महिनौंसम्म चलेको व्यापार वार्तामा दृढतापूर्वक उभिन आत्मविश्वास प्रदान गरेको बताएको छ। अक्टोबरमा ट्रम्प र चिनियाँ नेता सी जिनपिङबीचको भेटपछि नयाँ भन्सार शुल्कलाई २० प्रतिशतमा झार्ने सहमति भएको थियो । तर ट्रम्पले सोमबार इरानसँग व्यापार गर्ने देशहरूले नयाँ २५ प्रतिशत भन्सार शुल्कको सामना गर्नुपर्ने घोषणा गरेका छन्। इरानको मुख्य आर्थिक मेरुदण्ड मानिने चीन यो नयाँ शुल्कको मारमा पर्न सक्छ।
निर्यातकर्ताहरू भविष्यमा थप तनावका लागि तयार छन्, किनकि ट्रम्पले चीनमाथिको निर्भरता घटाउने र अमेरिकी उत्पादनलाई पुनर्जीवित गर्ने कुरालाई आफ्नो प्रशासनको मुख्य नीतिका रूपमा अघि सारेका छन्।
विकासको इन्जिनका रूपमा निर्यातमा चीनको निर्भरता उसको घरेलु चुनौतीहरूसँग पनि जोडिएको छ, जहाँ घरजग्गा संकटले अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ।
आन्तरिक खपत बढाउन र देशको विशाल उत्पादन क्षेत्रलाई स्वदेशी र विदेशी दुवै मागले उत्तिकै टेवा पुरÞ्याउने मोडल तयार गर्न चिनियाँ अधिकारीहरू संघर्ष गरिरहेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



