गगन नेतृत्वको कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा दियो निवेदनविश्वले भने महाधिवेशनले नेतृत्व फेरेको हो, पार्टी फुटेको छैन
काठमाडौं– विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो ।

सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् । उनले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधानको व्यवस्था अनुसार महाधिवेशन भएको अवगत गराएका छन् ।
महाधिवेशन विधानको धारा १७ को उपधारा २ अनुसार भएको जानकारी दिएका छन् । यो विधानको बाध्यकारी व्यवस्था भएको र त्यो व्यवस्था अन्तर्गत भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाले अब नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्नुपर्ने बताए ।
![]() |
![]() |
![]() |
|---|
विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विभाजन नभएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ चयन गरेपछि आफूहरू अध्यावधिक गराउन निर्वाचन आयोग आएको बताए ।
उनले भने, ‘विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरिसकेको अवस्था छ । हामीले आज लिखित र मौखिक रूपमा पनि जानकारी गराएका छौँ ।’
उनले पार्टीले महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेको भन्दै आधिकारिकतामा प्रश्न उठ्ने ठाउँ नै नरहेको बताए । सभापति गगन थापाले नवनिर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिकका लागि फायल हस्तान्तरण गर्दै छिटै निरुपणका लागि आयोगसमक्ष आग्रह गरे ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



