प्रसाई र प्रधानमन्त्रीबीच तेस्रो पटक वार्ता हुँदै
काठमाडौं– सरकार र दुर्गा प्रसाईंबीच तेस्रो पटक वार्ता हुँदै छ । गत साता प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर शुक्रबार २ बजेका लागि वार्तामा बोलाएको थियो ।

प्रसाईंलाई सम्बोधन गरिएको सो पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल श्रेष्ठको हस्ताक्षर छ । सो पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले बुझेका छन् ।
यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए ।
![]() |
![]() |
![]() |
|---|
कतिपय माग संविधानसँग बाझिने खालका जटिल प्रकृतिका भएकाले गृहमन्त्री अर्यालले प्रधानमन्त्रीकै तहमा छलफल हुनपर्ने भनाइ राखेका थिए ।
महाअभियानले नेपालको संविधान खारेजी, हिन्दु अधिराज्य स्थापना, प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्नुपर्नेलगायत माग राखेको छ ।
त्यस्तै, अन्य मागहरूमा जेन–जीका मागहरू सम्बोधन गर्नुपर्ने र तत्कालीन सरकारका उच्चपदस्थहरूलाई पक्राउ गरी छानबिन गर्नुपर्ने मागहरूसमेत रहेका छन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



