आयोगमा खड्काको जिकिर– कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न पाउँदैन

आयोगमा खड्काको जिकिर– कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न पाउँदैन
  • ३ माघ २०८२, शुक्रबार १२:११

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कोही व्यक्ति वा समूहले पार्टीको महाधिवेशन डाक्न नपाउने बताएका छन् । आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका खड्काले लोकतन्त्र र संविधानमाथि ठूलो षड्यन्त्र देखिएको जिकिर गरे ।

mulpatra

उनले भने, ‘म आज नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको उपसभापति, शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस र पार्टीको विधान अनुसार कार्यवाहक सभापतिको रूपमा उपस्थित छु । १४ औँ महाधिवेशन मार्फत निर्वाचित साथीहरू आज निर्वाचन आयोगको अगाडि उपस्थित छौँ ।’

खड्काले थपे, ‘नेपालको लोकतन्त्रमा कुनै व्यक्तिले, कुनै पार्टीको नामबाट, भेला गर्ने, कुनै पदाधिकारीले कुनै महाधिवेशनको नाम दिने र त्यही कुरालाई छलफलको विषय बन्ने, कानुनको विषय बन्ने भए पार्टीका विधानहरू कहाँ जाने ? मुलुकको संविधान कहाँ जाने ? राजनीतिक दल सम्बन्धी ऐनहरू कहाँ जाने ? गम्भीर अवस्था सिर्जना हुन थालेको नेपाली कांग्रेसले महसुस ग¥यो ।’

mulpatra mulpatra mulpatra

सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको १४ औँ महाधिवेशनबाट निर्वाचित सिङ्गो केन्द्रीय कार्यसमिति, पार्टीका प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, निर्वाचन क्षेत्रीय कार्यसमिति, गाउँ कार्यसमिति, पालिका कार्यसमिति सबै आफूहरूसँगै रहेको पनि खड्काले बताए ।

उनले भने, ‘केन्द्रीय कार्यसमिति बाहेक कुनै पनि निकाय वा व्यक्तिले पार्टीको सभापति, कार्यवाहक सभापति, पदाधिकारी, सदस्य व्यक्तिले वा कुनै समूहले नेपाली कांग्रेसको कुनै पनि तहको, कुनै पनि प्रकृतिको अधिवेशन गर्ने अधिकार राख्दैन । नेपाली कांग्रेसको विधानमा प्रस्ट व्यवस्था छ ।’