अमेरिकाले पहिलो चरणमा भेनेजुएलाको ५०० मिलियन डलरकाे तेल बिक्री
काठमाडौं– संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल आधिकारिक रूपमा बिक्री गर्न सुरु गरेको छ । मादुरोको गिरफ्तारी र तेलमा नियन्त्रण यसै महिनाको सुरुमा अमेरिकी सेनाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि यो कदम चालिएको हो ।

अमेरिकाले ५०० मिलियन डलर (करिब ७२ अर्ब ३० करोड नेपाली रुपैयाँ) बराबरको भेनेजुएलाको कच्चा तेलको पहिलो बिक्री सफलतापूर्वक सम्पन्न गरेको सिएनएनले उल्लेख गरेको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारलाई उपयोग गर्ने योजना यसअघि नै स्पष्ट पारिसकेका थिए। ट्रम्पले भेनेजुएलाको जीर्ण ऊर्जा क्षेत्रलाई पुनर्जीवित गर्न तेल उद्योगले कम्तीमा १०० बिलियन डलर लगानी गर्ने दाबी गरेका छन्, यद्यपि यो लगानी कहाँबाट जुट्छ भन्ने विस्तृत खाका अझै स्पष्ट भइसकेको छैन।
![]() |
![]() |
![]() |
|---|
राष्ट्रपति ट्रम्पको यो महत्वाकांक्षी योजनाप्रति अमेरिकी तेल कम्पनीका प्रमुखहरूले भने संशय व्यक्त गरेका छन्। शुक्रबार ह्वाइट हाउसमा भएको छलफलका क्रममा ‘एक्सन मोबिल’ का सीईओ ड्यारेन वुड्सले भेनेजुएला अहिले “लगानीयोग्य नरहेको” बताएका छन्। उनले त्यहाँ व्यवसाय गर्नका लागि आवश्यक कानुनी र व्यावसायिक ढाँचाहरूको अभाव रहेको र लगानीको प्रतिफल कस्तो हुनेछ भन्नेमा स्पष्टता नभएको औंल्याए।
लगानीका लागि सर्त र चुनौतीहरू छलफलमा सहभागी अन्य तेल कम्पनीका कार्यकारीहरूले पनि अशान्त ल्याटिन अमेरिकी देशमा व्यवसाय गर्न हिचकिचाहट देखाएका छन्।
ह्वाइट हाउसमा भएको लामो वार्तापछि पनि कुनै पनि कम्पनीले अर्बौं डलर लगानी गर्ने ठोस प्रतिबद्धता जनाएका छैनन्। ह्वाइट हाउसकी प्रवक्ता टेलर रोजर्सले भने ट्रम्पको टोलीले भेनेजुएलाको तेल पूर्वाधार पुनर्निर्माण गर्न इच्छुक कम्पनीहरूसँग सकारात्मक छलफल गरिरहेको दाबी गरेकी छिन्।
Image Source: © https://mulpatra.com
रोयटर्सको रिपोर्टअनुसार, विश्व बजारमा भेनेजुएलाको कच्चा तेललाई क्यानाडा लगायतका अन्य देशको तेलको तुलनामा सस्तो दरमा प्रस्ताव गरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बजार हिस्सा ओगट्न र तत्काल नगद प्रवाह सुनिश्चित गर्न अमेरिकाले यस्तो रणनीति अपनाएको देखिएको छ।
भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देशमध्ये एक हो, तर वर्षौंदेखिको राजनीतिक अस्थिरता र आर्थिक संकटका कारण यसको उत्पादन क्षमता निकै कमजोर भएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



