कांग्रेसको विधानविपरीत आयोगले निर्णय नगरे देशव्यापी आन्दोलन गर्छौं: खड्का
काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णहादुर खड्काले निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशैभरि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पार्टीको विवादबारे शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै खड्काले यस्तो चेतावनी दिएका हुन् ।
‘षड्यन्त्र र दबाबमा परेर आयोगले काग्रेसको विधानविपरीत निर्णय गरे देशभर आन्दोलन गर्नुको विकल्प छैन,’ खड्काले भने, ‘हामी वडातहसम्मै आन्दोलन गर्छौं ।’
![]() |
![]() |
![]() |
|---|
पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले अध्ययन गरिरहेका बेला खड्काले पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।



