आयोगलाई विश्वप्रकाशले भने: विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन ग¥यौँ
काठमाडौं– नेपाली कांग्रेसको गगन समूहका उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा देउवा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले अन्यथा निर्णय गरे देशभर आन्दोलन हुने चेतावनी दिएपछि आयोग पुगेर जवाफ दिएका हुन् ।
‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौँ । निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेरअघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौँ । निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौँ,’ शर्माले भने ।
![]() |
![]() |
![]() |
|---|



