गगन–विश्वप्रकाश आधिकारिक कांग्रेस

गगन–विश्वप्रकाश आधिकारिक कांग्रेस
  • ३ माघ २०८२, शुक्रबार २०:०५

काठमाडौं । नेपाली कांग्रेस भित्रको विवादलाई निर्वाचन आयोगले निरुपण गर्दै गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वले गरेको विशेष महाधिवेशनलाई सदर गरिदिएको छ । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेपछि गगनकुमार थापा सभापति रहेको कांग्रेस आधिकारिक कांग्रेस बनेको हो ।

mulpatra

विशेष महाधिवेशन आव्हान गरि संस्थापन पक्षलाई चुनौति दिएका गगन–विश्वप्रकाशले पेश गरेको विवरणलाई कानुनी मान्यता दिएर सोही विवरण विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय आयोगले गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले गगनको पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय गरिएको स्रोतले बतायो।

mulpatra mulpatra mulpatra