देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने

देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने
  • ४ माघ २०८२, शनिबार १४:४५

काठमाडौँ । नेपाली कांग्रेसको को देउवा समुह सर्वोच्च जाने भएको छ । पार्टीको आधिकारिता सम्बन्धमा हिजो निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै सर्वोच्च जाने निर्णय गरेको हो । आज बसेको बैठकले आयोगको निर्णय प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको समेत ठहर गरेको छ ।

mulpatra

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता प्रकाशशरण महतले भने ‘निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयलाई कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरूद्ध संवैधानिक एवम् कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ, भोलि हामी यसको खिलाफमा सर्वोच्च अदालत जान्छौं।’

बैठकले विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, बैधानिकता उपस्थित संख्या समेत नहेरी निर्वाचन आयोगले एकलौटी रूपमा र्निणयलाई दूषित मनशायबाट प्रेरित भनेको छ।

mulpatra mulpatra mulpatra