कांग्र्रेसको टिकट खल्तीबाट होइन संसदीय बोर्डबाट
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेसले निर्वाचनको टिकटका लागि संसदीय बोर्ड गठन गरेको छ । फागुन २१ को निर्वाचनको लागि यही माघ ६ गते मनोनयन गर्नुपर्ने कार्यतालिका छ । सोही निर्वाचनमा भाग लिने उम्मेदवारको छनौटको लागि टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।

पार्टीको विधानअनुसार संसदीय बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ।
पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा उम्मेदवार छनौट गर्ने गरि पार्टीको विधान अनुसार बोर्ड गठन गरिएको उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् ।
१६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी सिफारिस गरिने र उम्मेदवार छनौट बोर्डको छलफलले गर्ने तयारी रहेको शर्माले बताएका छन् । बोर्डमा सभापति गगन थापा, उपसभापतिहरु महामन्त्रीहरू र सहमहामन्त्रीहरू सदस्यहरु रहने गरि १३ सदस्यीय बोर्ड गठन गरेको छ ।
![]() |
![]() |
![]() |
|---|



