२ पटक संसद् भएका र ८० प्रतिशत जनताको मन जितेका साँवाले टिकट नै पाएनन्झापा–४ मा एमालेको सिट गुम्ने एमालेकै अनुमान
काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीमा ठाउँ नपाएका एलपी सावा प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएनन् । झापा–४ बाट यसअघि दुई पटक चुनाव जितेका एलपी सावालाई एमालेले यस पटक टिकट नदिएको हो ।

यस निर्वाचन क्षेत्रमा ८० प्रतिशत जनताको मत जितेका साँवाले टिकट नपाएपछि झापा– ४ मा एमालेले हार्ने अनुमान एमालेकै कार्यकर्ताले गुनासो गर्न थालेका छन् । झापा–४ मा पार्टीभन्दा माथि उठेर काम गरेका उनलाई टिकट नदिनु भएको एमालेले आफनो सुरक्षीत सीट गुमाएको एमाले झापाका एक नेताले मूलपत्रसँग बताए ।
एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न इच्छुक सावालाई अध्यक्ष केपी शर्मा ओलीले टिममा पारेका थिएनन् । झापा–४ बाट यसै पटक केन्द्रीय सदस्य बनाइएका मनोज ताम्लीले टिकट पाउँदा २०७४ र २०७९ को निर्वाचनका विजेता सावा टिकटविहीन बनेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
गत लालप्रसाद (एलपी) साँवाले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी भएका थिए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त ल्याएका थिए । गत निर्वाचनमा एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार छ सय ४७ मत बदर छ ।



