काठमाडौं मेयर शाहले दिए राजीनामा

काठमाडौं मेयर शाहले दिए राजीनामा
  • ५ माघ २०८२, आईतवार १६:१९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन् । उपप्रमुख समक्ष उनले २०८२ माघ ४ गतेबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।

mulpatra

स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै प्रमुख शाहले पत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरबासीको हितमा इमान्दारपूर्वक काम गर्न प्रयास गरेको उल्लेख गर्दै अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी, र परिणाममुखी बन्ने कामना गर्दै कार्यपालिकालाई शुभकामना प्रदान गरेका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वर्षको बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर शाह काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

mulpatra mulpatra mulpatra