Close

Recent Posts

आज सोनाम ल्होछार, तामाङ समूदायले धुमधामसाथ मनाउँदै

आज सोनाम ल्होछार, तामाङ समूदायले धुमधामसाथ मनाउँदै
  • ६ माघ २०८२, सोमबार ०५:५०

काठमाडौँ । आज तामाङ समुदायको सोनाम ल्होछार पर्व हो । यो पर्व तामाङहरुले धुमधामसाथ मनाउँदै छन् । नेपालमा यो पर्व विशेषगरी काठमाडौँ उपत्यका, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक र तामाङ बस्ती भएका अन्य जिल्लामा भव्य रूपमा मनाइन्छ। ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझिन्छ। त्यसैले सोनाम ल्होछार अर्थात् नयाँ वर्षको सुरुवात हो, जसले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गर्ने अवसर प्रदान गर्दछ।

mulpatra

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्हो बाह्रवटा हुन्छन् । विभिन्न बाह्रवटा पशुपन्छीको नामबाट ल्होको नाम राखिएको हुन्छ । बाह्र ल्होमध्ये प्रत्येक वर्ष एकएक वटा ल्हो फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोबा, ल्हो दोबा वा ल्होछार भनिन्छ । तामाङहरूले मान्ने ल्होछार (नयाँ वर्ष) चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ ।

mulpatra mulpatra mulpatra

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

मञ्जुश्री सम्वत् २८६२ ‘ता ल्हो’ (घोडा वर्ग)को अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाहरुको सहभागितामा तामाङ सांस्कृतिक महोत्सव गर्दै छन् । तामाङ समुदायले हिजो र आज (माघ ४ र ५ गते) टुँडिखेलमा महोत्सवको रुपमा ल्होछार मनाउँदै छन् ।

महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू ताम्बा, बोन्बो तथा लामाको विशेष सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरूको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित तथा ख्यातीप्राप्त अतिथि कलाकारहरूको प्रस्तुति रहने ल्होछार मूल समारोह समितिका संयोजक मोहन गोले तामाङले जानकारी दिएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com