एमाले अध्यक्ष ओली आज झापा जाँदै
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मनोनयन आएसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापा जाने तयारीमा छन् । आज झापा जाने र भोली मनोनयनमा सहभागी हुने कार्यक्रम रहेकोले उनी झापा जान लागेका हुन् ।

आज बिहान ११ बजे भद्रपुर विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको एमाले जिल्ला पार्टी अध्यक्ष प्रेम गिरिले बताएका छन् । गिरीका अनुसार झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने कार्यक्रम छ।
जेनजी आन्दोलनपछि सरकारले स्थान हद लगाएका कारण अध्यक्ष ओली जेन–जी आन्दोलनपछि पहिलोपटक काठमाडौं उपत्यकाबाहिर जान लागेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
काठमाडौं महानगरका मेयर बालेन शाह झापा ५ बाट उठ्ने तयारी गरिरहेकोले यसपटकको निर्वाचनमा झापा–५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको छ ।



