Close

Recent Posts

अघिल्लो निर्वाचनमा काठमाडौं ५ मा ६०० मत ल्याएकी रन्जु दर्शना रास्वपा काठमाडौं १ बाट उम्मेदवार

अघिल्लो निर्वाचनमा काठमाडौं ५ मा ६०० मत ल्याएकी रन्जु दर्शना रास्वपा काठमाडौं १ बाट उम्मेदवार
  • ६ माघ २०८२, सोमबार १२:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रञ्जु दर्शनालाई काठमाडौंबाट उम्मेदवार बनाउने भएको छ ।समानुपातिक बन्दसूचिबाट नाम फिर्ता लिएकी उनलाई काठमाडौं क्षेत्र नं. १ को उम्मेदवार बनाउन लागेको हो ।

mulpatra

विवेकशील साझापार्टीबाट रास्वपामा भित्रिएकी उनीलाई समानुपातिक बन्दसूचिबाट नाम फिर्ता लिएपछि प्रत्यक्ष उम्मेदवारका रुपमा रास्वपाले उठाउने भएको छ ।

यस क्षेत्रमा रास्वपाबाट पुकार बम पनि दावेदार थिए । अघिल्लोपटक पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर तेस्रो भएका बमले यसपटक भने टिकट नपाउने भएका छन् ।

mulpatra mulpatra mulpatra

स्थानीय तह निर्वाचन, २०७४ मा रन्जुले काठमाडौँको नगर प्रमुखमा उम्मेदवार थिएकी थिइन तर विद्यासुन्दर शाक्यसँग पराजित भएकी थिइन् । त्यस्तै २०७९ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन । कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएको काठमाडौं ५मा उनले जम्मा ६०० मत ल्याएकी थिइन ।