खड्का नेतृत्वको महासंघका मेडिकलभित्रै सिण्डिकेट, दैनिक १० कोटा, कामदारले १० दिनमा मात्र पाउँछन् रिपोर्ट

खड्का नेतृत्वको महासंघका मेडिकलभित्रै सिण्डिकेट, दैनिक १० कोटा, कामदारले १० दिनमा मात्र पाउँछन् रिपोर्ट
  • ६ माघ २०८२, सोमबार १९:३०

काठमाडौं– मलेसिया रोजगारीमा जाने कामदारमाथि अनावश्यक आर्थिक भार थप्दै आएका स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले अर्को व्यक्तिगत सिण्डिकेट खडा गरेका छन् । उनको नेतृत्वमा रहेका ३६ मेडिकल व्यवसायीमा समेत कोटा प्रणाली लागू गरेका छन् ।

mulpatra

भने, मलेसिया रोजगारीमा जाने कामदारको मेडिकल गराएको रिपोर्ट समेत १० दिनपछि मात्र लिन थालेका छन् । जसका कारण कतिपय कामदारको आर्थिक भार समेत थपिएको छ । खड्काले आफु नेतृत्व महासंघभित्रै मेडिकलमा समेत कोटा लगाएका छन् ।

मलेसियासँग भएको श्रम सम्झौतामा नेपाल सरकार र नेपालस्थित मलेसियाली दूतावासले नेपाली कामदारको स्वास्थ्य परीक्षण सरकारबाट मान्यतासँगै मेडिकलबाट गर्ने सहमति भएको छ । यसविपरीत खड्काले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सिन्डिकेट लगाउन नपाएपछि उनले कामदारलाई दुख दिन थालेका हुन् ।

mulpatra mulpatra mulpatra

महासंघभित्र यतिसम्म विकृति छ । त्यो बाहिर नआउने गरेको एक मेडिकल व्यवसायीले बताए । उनका अनुसार गत महिना सरकारले लागू गरेको कार्यविधिमार्फत बढेको पैसा कायन्र्यवनमा नआएपछि खड्काले महासंघभित्रका व्यवसायीलाई बढी दुख दिन थालेको उनी बताउँछन् । ‘महासंघमा महिनापिच्छे पैसा उठाउँछन् । त्यो पैसा कहाँ जान्छ भन्ने थाहा हुँदै । महासंघभित्र धेरै व्यवसायी बाध्यताले व्यवसाय गरिरहेका छन् । एकतिर सरकारले करोडभन्दा माथि लगानी गर्न लगाएर डुबायो । अर्कोतिर खड्काले दुख दिएर हैरान बनाए ।’ उनले भने ।

मलेसिया जाने कामदार दैनिक ४ सयभन्दा बढी मेडिकलका लागि आउने गरेका छन् । तर जसमा १२–१३ वटा भन्दा बाहेकका मेडिकलले १० भन्दा बढी स्वास्थ्य परिक्षणका लागि कोटा नपाउने गरेको उनको गुनासो छ । त्यसमा पनि प्रतिशत कामदार कमिशन समेत महासंघलाई दिनुपर्ने बाध्यता रहेको उनले बताए ।

खडकाले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गरेबापत दैनिक हुण्डीमाफर्त पैसा मलेसिया समेत पठाउने गरेको र त्यो पैसा मेडिकलबाट उठाउने गरेको उनको भनाइ छ ।

Image Source: © https://mulpatra.com

गत महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको सूचनाअनुसार स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले अब ६ हजार ५ सय मात्र शुल्क लिन पाउने बनाएका थिए । उनले बढेको शुल्क खारेज गरेर पुरानै शुल्क कायम गरेका थिए ।

मन्त्रालयले २०७९ मंसिर १० गते र २०७९ माघ ३० गतेका निर्णयका आधारमा स्वास्थ्य परीक्षण शुल्क अधिकतम ६,५०० रुपैयाँ कायम गरेको जनाएको छ । मन्त्रालयका अनुसार यसअघि केही स्वास्थ्य संस्थाहरूले तोकिएको भन्दा बढी शुल्क लिएको भन्ने गुनासो आएपछि शुल्क दर स्पष्ट गरिएको हो ।

नेपाली कामदार जाने मुख्य रोजगारदाता देशका लागि स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय तोकिए पनि मलेसियाको मेडिकलमा स्वास्थ्य परीक्षणका नाममा कामदारले १० हजार रुपैयाँ तिर्नुपरेको छ । यसरी ठगी भइरहँदा पनि श्रम मन्त्रालयले ती स्वास्थ्य संस्थामाथि कारबाही गर्न नसकेको मलेसिया जाने कामदारको गुनासो छ ।

विगतमा सिन्डिकेट खडा गरेका ३६ मेडिकल व्यवसायीले माइग्राम्स, बायोमेट्रिक्स, भिएलएन, ओएसजीलगायतका ५ संस्थाबाट मलेसिया जाने कामदारसँग अवैध रूपमा रकम असुल्दै आएका थिए । मलेसिया जाने कामदारले तिरेको १० हजारमध्ये ३ हजार मात्र आफ्नो हातमा पर्ने गरेको स्वास्थ्य व्यवसायीहरु बताउँछन् ।

२०७५ मा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ३६ मेडिकल संस्था खारेजी गर्ने निर्णय गरेका थिए । त्यतिबेला विष्टले मलेसिया जाने कामदारमारमाथि अनावश्यक सिन्डिकेट लगाएर आर्थिक शोषण गरेको आरोपमा महासंघका अध्यक्ष कैलाश खड्कासहित ३६ मेडिकल व्यवसायीलाई कारबाहीको सिफारिससमेत गरेका थिए । केही व्यवसायी पक्राउ परे भने खड्का राजनीतिक शक्तिको आडमा जोगिएका थिए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com