पोखराबाटै प्रसाईलाई लियो प्रहरीले नियन्त्रणमा
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिक बचाउ महाअभियानको कार्यक्रममा पोखरा पुगेका प्रहरीले कार्यक्रम सक्निेवितिकै नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्वमा गएको टोलीले प्रसाईलाई पोखराबाट नियन्त्रणमा लिएको हो । कास्की जिल्ला प्रहरीले प्रसाईलाई के कारण पक्रिएको हो थाहा नभएको बताएको छ ।
आज पोखरामा प्रसाईको कार्यक्रम थियो । हाल मात्र सरकारसँग सम्झौता गरेका प्रसाईलाई प्रहरीले पक्रिएपछि सरकारसँग सहमति भाँडिने उनका समर्थक चेतावनी समेत दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईँले आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली कांग्रेस नेता गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट पार्टी मान्यता लिएको आरोप लगाएका थिए ।
उक्त अभिव्यक्ति निराधार र भ्रामक रहेको निष्कर्षसहित आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो ।
आइतबार बसेको आयोगको बैठकले प्रसाईँले सार्वजनिक रूपमा भ्रम फैलाउने गतिविधि गरेको ठहर गर्दै साइबर कानुनअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही गर्न साइबर ब्युरोलाई औपचारिक पत्र पठाएकाे हाे ।



