बालेनको पहिलो सम्बोधन मैथलीमा, माइतीघरमा उखु किसान र मिटरब्याज पीडितले आन्दोलन गर्दा मुकदर्शक देखियो
काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आफू ४ वर्षसम्म काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका समस्या समाधान गर्न नसकेर मुकदर्शक बन्नुपरेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेताका रुपमा बालेन्द्र शाह (बालेन)ले मैथलीमा भाषण गरेका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई मैथलीमा सम्बोधन गरेका हुन्। उनले आफू काम गर्ने माछे भएको बताए। ‘म काम गर्ने मान्छे हुँ, काम गर्छु,’ उनले मैथलीमै भने।
सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्ने क्रममा उनले माइतीघर मण्डलामा उखु किसानदेखि मिटरब्याज पीडितसम्मको आन्दोलन हुँदा पनि मुकदर्शक बनेर बस्नुपरेको बताए ।
![]() |
![]() |
![]() |
|---|
‘म करिब ४ वर्ष काठमाडौंको मेयरको रुपमा बसेँ । कोही मान्छेको भेट पनि गरिनँ । दैनिक माइतीघरमा मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । हामी मुकदर्शक भएर बस्नुपरेको थियो,’ मेयर बालेनले भने ।
साथै, उनले काठमाडौंको मेयरको रुपमा त्यतिबेला केही गर्न नसकेको स्वीकार गरे ।



