रवि लामिछानेले भने– इतिहास पढ्न होइन, लेख्न आएका हौँ
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्न नभई लेख्न आएको दाबी गरेका छन् । जकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले रास्वपाले यो चुनावपछि इतिहास लेखाउने बताए ।

रास्वपा नेतृत्वको सरकार बन्ने निश्चित भएको हुँदा मेधशको सन्तानलाई पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर रहेको र पार्टीलाई जिताउन आग्रह गर्दै भने, ‘मधेशसँगै देशको मुहार फेर्ने हो । त्यसका लागि बालेन शाह आएको छ ।’
लामिछानेले शाहले देश बनाउनेमा आफू ढुक्क रहेको बताएका छन् । काठमाडौं महानगरपालिकामा नमुना काम गरेको भन्दै केन्द्र सरकारले एउटा प्रशासकीय अधिकृत पनि दिन नसकेको स्मरण गर्दै भने, ‘अब प्रशासकीय अधिकृत होइन, तिम्रो सत्ता फेर्ने हो ।’
![]() |
![]() |
![]() |
|---|
लामिछानेले अब फेर्ने सत्ता जनताको हुनेमा विश्वस्त पारेका छन् । साथै, उनले आफ्नो सरकार बनेपछि पुराना दलका नेताहरूप्रति प्रतिशोध नसाँधिनेसमेत स्पष्ट पारेका छन् ।
‘हाम्रो सरकार ढोका चहार्दैै जाने छैन । हामी उनीहरूजस्तो प्रतिशोधमा उत्रिने पनि छैनौँ,’ लामिछानेले भने ।
तर, यतिका वर्ष सत्तामा बसेर राज्यको ढुकुटी लुटेकाहरूको एक–एक हिसाब भने गरिने चेतावनी दिएका छन् । ‘देश लुटेर कमाएको एक–एक हिसाबचाहिँ गर्नेछौँ,’ उनले भने, ‘बालबालिकालाई टुहुरो बनाएको, मधेशलाई गरिब बनाएको एक–एक हिसाब हुनेछ । किनकि अबकी बार बालेन सरकार ।’
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



