Close

Recent Posts

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
  • ७ माघ २०८२, मंगलवार ११:२५

म्याग्दी– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् ।

mulpatra

मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् । पुनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पठाएको बुझिएको छ ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन् । पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए ।

mulpatra mulpatra mulpatra

स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने बताइएको छ ।