Close

Recent Posts

१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सुरु

१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सुरु
  • ७ माघ २०८२, मंगलवार ११:३६

काठमाडौं– २१ फागुन हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ ।

mulpatra

९ माघ दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर जिसीलेका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि बेलुकी ५ बजेसम्मको निर्वाचन कार्यक्रम यसअघिनै सार्वजनिक गरिसकिएको जानकारी दिए । बेलुकी ५ बजेसम्म आएर लाम बस्नेले उम्मेदवारी दर्ता गर्न पाउने पनि उनले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ ।
आज बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको छ ।

माघ ६ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । ७ माघ दिउँसो ३ बजेदेखि ८ माघ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । ९ माघ बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।