देशभरिमा तीन हजार ४ सय ८४ जनाको उम्मेदवारी, आज उजुरी दिन सकिने
काठमाडौँ । फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरिमा तीन हजार ४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ति उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ । उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
![]() |
![]() |
![]() |
|---|
निर्वाचन क्षेत्र जम्मा १६५ सिटका लागि देशभरिबाट पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।



