Close

Recent Posts

देशका १६५ निर्वाचन क्षेत्रमा ११८७ स्वतन्त्र उम्मेदवार

देशका १६५ निर्वाचन क्षेत्रमा ११८७ स्वतन्त्र उम्मेदवार
  • ८ माघ २०८२, बुधबार १०:४९

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरिबाट ११८७ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । हिजो माघ ६ गते भएको उम्मेदवार मनोनयनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि ११८७ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

mulpatra

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ । निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ । उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

mulpatra mulpatra mulpatra

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । देशभर उमेदवार मनोनयन गर्ने राजनीतिक दलको संख्या ६८ वटा छन् ।

त्यस्तै, उमेरगत रूपमा २५ देखि ३५ वर्षसम्म ५८३, ३६ देखि ५० वर्षसम्म एक हजार ६१०, ५१ देखि ६५ वर्षसम्म एक हजार ९० र ६५ देखिमाथि २०१ जनाले उमेदवारी दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक सूचीमा केही संख्या थपघट हुनसक्ने बताएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com