विदेशी चलखेल रोकिएको छैन, प्रतिवाद गर्न नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्छ: प्रचण्ड

विदेशी चलखेल रोकिएको छैन, प्रतिवाद गर्न नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्छ: प्रचण्ड
  • ८ माघ २०८२, बुधबार १४:०५

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देश असाधारण परिस्थितिबाट गुज्रेको बताएका छन्।

mulpatra

रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले राष्ट्रलाई एकताबद्ध गर्ने आवश्यकता र राष्ट्रलाई सुदृढ गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘जरुरी प¥यो भने एउटा नयाँ आन्दोलन अगाडि ल्याउनुपर्ने हुनसक्छ राष्ट्र र जनताको निम्ति। नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन चलाउनुपर्ने पनि हुनसक्छ। भदौ २४ गतेको जस्तै विध्वंसका घटनाहरू घटाउने देशी विदेशी प्रतिक्रियावादी चलखेलहरू अझै रोकिएका छैनन्। त्यो परिस्थितिमा त्यसको प्रतिवाद गर्ने एउटा नयाँ शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ।’

mulpatra mulpatra mulpatra

उनले राष्ट्रवादी शक्ति एक ठाउँमा ल्याउनको लागि आफूले नेकपा निर्माण गरेको बताए। उनले देशको स्वाधीनता, जनताको आत्मनिर्णयको अधिकार माथि प्रश्न उठाउने प्रयास भइरहेको बताए। उनले देश अब चुनावमय भइसकेको पनि बताए।