Close

Recent Posts

निर्यात बढ्दा पनि १० खर्ब ८१ अर्ब नाघ्यो व्यापार घाटा, आयात १४.१८ प्रतिशतले वृद्धि

निर्यात बढ्दा पनि १० खर्ब ८१ अर्ब नाघ्यो व्यापार घाटा, आयात १४.१८ प्रतिशतले वृद्धि
  • ८ माघ २०८२, बुधबार २०:३०

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिना (साउन–पुस) मा नेपालको वैदेशिक व्यापारको आकार १० खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ ।

mulpatra

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटामा समेत वृद्धि देखिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालको व्यापार घाटा ७ खर्ब ९७ अर्ब ०४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ रहेको थियो । यो गत वर्षको तुलनामा १०.१५ प्रतिशतको वृद्धि हो ।

mulpatra mulpatra mulpatra

साउनदेखि पुस मसान्नतसम्मको अवधिमा नेपालमा वस्तु आयात १४.१८ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कुल ९ खर्ब ३९ अर्ब ०२ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको आयात भएको थियो ।

निर्याततर्फ भने नेपालले उल्लेख्य सुधार गरेको देखिएको छ। ६ महिनामा निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब ०१ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्म मात्र ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको निर्यात भएको थियो । निर्यातको यो वृद्धि आयातको तुलनामा प्रतिशतका आधारमा उच्च देखिए पनि रकमका आधारमा भने निकै कम छ ।

यता यस अवधिमा मुलुकको कुल वैदेशिक व्यापारको आकार १० खर्ब ८१ अर्ब ०४ करोड ०८ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको (९ खर्ब २१ अर्ब १५ करोड) तुलनामा १७.३६ प्रतिशत बढी हो ।

Image Source: © https://mulpatra.com

नेपालको समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.८६ प्रतिशत र निर्यातको हिस्सा १३.१४ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा निर्यातको हिस्सा बढेको छ भने आयात–निर्यात अनुपात पनि ८.३२ बाट घटेर ६.६१ मा झरेको छ । यसले आयातको तुलनामा निर्यातको सन्तुलनमा केही सुधार आएको संकेत गरेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com