कर्णालीको भेलमा खस्यो बस, एक जनाको मृत्यु अन्यको खोजी कार्यजारी
काठमाडौं । कर्णाली नदीमा यात्रुबाहक बस खस्दा १ जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको गाडी कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

बस करिब ६ सय मिटर तल नदीमा खसेको र भिरमा अड्किएको एउटा शब निकालिएको प्रहरीले जनाएको छ ।
उक्त बसमा कति जना यात्रु थिए भन्ने विवरण आइनसकेकोले अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।



