आज उम्मेदवारको नामावली प्रकाशन हुने

आज उम्मेदवारको नामावली प्रकाशन हुने
  • ९ माघ २०८२, बिहीबार ०७:४३

काठमाडौँ । माघ ६ गते भएको उम्मेदवारको मनोनयनको आज नामावली प्रकाशन हुँदैछ । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन भएको थियो भने हिजो सम्म दावी विरोधको समय रहेको थियो ।

mulpatra

हिजो परेको दावी विरोधलाई अध्ययन गरेर आज प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली प्रकाशन हुँदै छ ।

निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने म्यादपछि नामावलीको तयारीमा आयोग जुटेको छ ।

mulpatra mulpatra mulpatra

साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगमा पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

निर्वाचन कार्यक्रम अनुसार भोली उम्मेदवारी फिर्ता गर्ने कार्यक्रम रहेको छ । भने भोली साँझ अन्तिम नामावली प्रकाशन गरिने छ ।