कांग्रेस सभापति बनेपछि पहिलोपटक सानेपामा बैठक राख्दै गगन थापा
काठमाडौं–गगन थापा नेतृत्वमा नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्ने भएको छ ।

गत पुस २७–३० मा काठमाडौँको भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो ।
नवनिर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलोपटक माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो भने माघ २ गते निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो । त्यसपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालयमा बस्न लागेको हो ।
![]() |
![]() |
![]() |
|---|
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्दै दायर गरेको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सभापति थापा सानेपाबाटै पार्टी सञ्चालनको तयारीमा जुटेका हुन् ।



