Close

Recent Posts

देश कठिन अवस्थामा पुगेको भन्दै प्रसाईले माघ १२ गते जनकपुरमा हुने राजाको सवारीमा सहभागी हुन गरे आग्रह

देश कठिन अवस्थामा पुगेको भन्दै प्रसाईले माघ १२ गते जनकपुरमा हुने राजाको सवारीमा सहभागी हुन गरे आग्रह
  • ९ माघ २०८२, बिहीबार १२:५१

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राजा ज्ञानेन्द्र शाहको जनकपुर जाने कार्यक्रममा सहभागि हुने सबै नेपाली आग्रह गरेका छन् । उनले देश कठिन अवस्थामा पुगेका कारण अब जनताले पनि सोच्ने समय आएको बताउँदै राजाको कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन् ।

mulpatra

राजा ज्ञानेन्द्र शाहको समर्थनमा भइरहेको विश्वास गरिन्थ्यो तर वास्तविकतामा त्यो आवश्यक झन बढेको उनले आफनो फेसबुक स्टाटसमा लेखेका छन् । राजाकै तस्वीरमा आफनो फोटो राख्दै उनले राजाको जनकपुरको कार्यक्रम सफल बनाउन अथवा देशका लागि सबै जनतालाई सहभागिका लागि अपिल गरेका छन् ।

राजतन्त्र पुनःस्थापना र नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्न मागको संम्बोधन मन्त्रीपरिषद्बाट गराएका प्रसाईको उक्त अभिव्यीक्तलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

mulpatra mulpatra mulpatra

उनले गत ३ वर्षदेखि नेपाललाई फेरि हिन्दू राष्ट्र घोषणा गर्न र राजतन्त्र पुनःस्थापनाको माग गर्दै निरन्तर आन्दोलनको नेतृत्व गरिरहेका छन् ।