६ महिनामा ४२ अर्ब १३ करोडको सुन र स्मार्ट फोन मात्र आयात
काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को ६ महिनामा सुन र स्मार्ट फोन मात्र ४२ अर्ब १३ करोड रुपैयाँको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्ममा आयातमा सुन र स्मार्ट फोन ४.४८ प्रतिशत आयात भएको छ ।

पुस मसान्तसम्ममा पुरै आयात ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख रुपैयाँको आयात हुँदा सुन र स्मार्ट फोन मात्र ४२ अर्ब १३ करोड २० लाख रुपैयाँको आयात भएको छ ।
६ महिनाको अवधिमा स्मार्ट फोन २३ अर्ब २९ करोड ८३ लाख रुपैयाँको आयात भएको छ भने सुन १८ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ आयात भएको छ ।
![]() |
![]() |
![]() |
|---|
समीक्षा अवधिमा स्मार्ट फोन १२ लाख ५२ हजार ६३४ पिस आयात हुँदा ४ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ राजश्व सरकारले पाएको छ । यता १ हजार ५३ केजी सुन आयात हुँदा सरकारले १ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ राजश्व पाएको छ ।
बढी आयात हुने बस्तुका हिसाबले स्मार्ट फोन छैटौँ नम्बरमा छ भने सुन नवौँ नम्बरमा हरेको छ ।
सबैभन्दा बढी आयात हुनेमा डिजेल पहिलो नम्बरमा हरेको छ । ६ महिनामा ५८ अर्ब २७ करोड ९२ लाख रुपैयाँ बराबरको ६ लाख ३० हजार २५६ किलोलिटर डिजेल आयात भएको छ । जसबाट सरकारले २५ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ बराबरको राजश्व पाएको छ ।
Image Source: © https://mulpatra.com
बढी आयात हुने दोस्रो नम्बरमा भने पाव आयल(स्वाबीनको तेल) रहेको छ । यस्तो तेल ६ महिनामा ५७ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बराबरको ३६ करोड ६९ लाख ८० हजार ८९२ लिटर आयत भएको छ । जसबाट सरकारले २ अर्ब ४८ करोड ९ लाख रुपैयाँ राजश्व आर्जन भएको छ ।
विभागको तथ्यांक अनुसार तेस्रो नम्बरमा बढी आयात हुन्नेमा पेट्रोल रहेको छ । समीक्षा अवधिमा ३३ अर्ब ७ करोड २१ लाख रुपैयाँ बराबरको ३ लाख ८० हजार २३५ किलोलिटर पेट्रोल आयात भएको छ । जसबाट २१ अर्ब ५७ करोड २० लाख रुपैयाँ राजश्व उठेको छ ।
एलपीजि ग्यास(खाना पाउने ग्यास) बढी आयात हुनेको चौथो नम्बरमा हरेको छ । ६ महिनामा २७ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको २७ करोड ४८ लाख ५ हजार १११ केजी एलपिजी ग्यास आयात भएको छ । जसबाट ५ अर्ब ४ करोड ३४ लाख रुपैयाँ राजश्व उठेको छ ।
बढी आयत हुने पाँचौँ नम्बरमा स्पन्ज आइरन (फलामका कच्चा पदार्थहरू) रहेको छ । जुन ६ महिनाको अवधिमा २६ अर्ब ६५ करोड १६ लाख रुपैयाँ बराबरको ६३ करोड ७३ लाख २६ हजार ९३५ केजी आयात भएको भन्सार विभागले जनाएको छ । जसबाट ३ अर्ब ७६ करोड ७५ लाख रुपैयाँ राजश्व उठेको छ ।
बढी आयात भएको आठौँ नम्बरमा भने डीएपी मल रहेको छन् । जुन ६ महिनामा २० अर्ब ७० करोड ९ लाख रुपैयाँ बरबरको १७ करोड ७२ लाख ५० हजार केजी आयात भएको छ । जसबाट ५ हजार रुपैयाँ राजश्व सरकाले पाएको छ ।
बढी आयात भएको टप १० मा भने रासायनिक मल ‘मलखाद ग्रेड’ (जहाँ नाइट्रोजन, फस्फोरस र पोटास जस्ता पोषक तत्वहरू हुन्छ) आयात भएको छ । यस्तो मल ६ महिनामा १६ अर्ब २५ करोड ७८ लाख रुपैयाँ बराबरको २१ करोड ९८ लाख ९ हजार १५६ केजी आयात भएको छ । जसको सरकालाई राजश्व भने ६ हजार रुपैयाँ मात्र गएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



