आजको मौसमः आज यी स्थानमा पानी पर्न सक्ने
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज शुक्रबार अपराह्नदेखि देशका विभिन्न भू–भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस वर्षको पहिलो माघेझरी पश्चिम नेपालबाट सुरु हुँदै सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म मध्यम वर्षा हुने अनुमान छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ। गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र थोरै स्थानमा वर्षा हुन सक्ने जनाइएको छ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा गण्डकीका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्नेछ। उच्च पहाडी र हिमाली भू–भागमा वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ।
![]() |
![]() |
![]() |
|---|
मौसम परिवर्तनका कारण दैनिक जनजीवन, यातायात र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



