Close

Recent Posts

कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक सानेपा पार्टी कार्यालयमा हुँदैः गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा पेश गर्ने

कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक सानेपा पार्टी कार्यालयमा हुँदैः गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा पेश गर्ने
  • १० माघ २०८२, शुक्रबार ०८:१६

काठमाडौं । नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधिको मागका आधारमा भएको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति बैठक आज दिउँसो १ बजे सानेपा पार्टी कार्यालयमा बस्ने भएको छ । नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमितिको बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा समेत पेश गर्ने भएको छ ।

mulpatra

२०७८ सालमा भएको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा नेतृत्वको समूह र डा शेखर कोइराला नेतृत्वको समूहले अस्वीकार गरेको थियो । जसका कारण पार्टी कार्यालयमा थापा समूह जान सकेको थिएन तर निर्वाचनमा सबैपक्षिय उम्मेदवार चयन गरेर थापाले सबैलाई साथ लिएर जाने बताएपछि पार्टी फुटबाट जोगिएको छ ।

आज हुने केन्द्रिय समिति बैठकमा निर्वाचन घोषणापत्र बारे छलफल र चुनावी परिणाम आफ्नो पक्षमा पार्न कार्यतालिका बनाएर आवश्यक योजना र रणनीतिका साथ अघि बढ्ने नेताहरूले बताएका छन् ।

mulpatra mulpatra mulpatra