Close

Recent Posts

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै
  • १० माघ २०८२, शुक्रबार १०:२७

काठमाडौँ । आज दिउँसो सवा १ बजे सिंहदरवारमा राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूचि रहेको छ ।

mulpatra

त्यसै गरि राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने कार्यसूची रहेको छ ।

आजै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

mulpatra mulpatra mulpatra

यस्तैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न अध्यादेशहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । अध्यक्षले पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य ऋषिकेश गौतम, पूर्वमन्त्री, संविधानसभा सदस्य एवं प्रतिनिधि सभाका पूर्वसदस्य मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ, पूर्वमन्त्री, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका पूर्वसदस्य आमोदप्रसाद उपाध्याय र पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्व सदस्य होमनाथ दाहालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।