Close

Recent Posts

सुनको मुल्य तोलाकै ३ लाख १ हजार

सुनको मुल्य तोलाकै ३ लाख १ हजार
  • १० माघ २०८२, शुक्रबार ११:२०

काठमाडौं । आज सुनको मुल्य बढेर ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । साताको छैठौँ दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम हो । दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मुल्य आज एकैदिन प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको छ।

mulpatra

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ हजार २ सय रुपैयाँले बढेर तीन लाख १ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३२० रुपैयाँले बढेर प्रतितोला ६१९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५८ हजार ४ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५३०७ रुपैयाँ कायम भएको छ ।

mulpatra mulpatra mulpatra