रुद्राक्ष व्यापार धार्मिक, पर्यटक, व्यवसायी र हरेक किसानको गाँससँग जोडियो: संघका अध्यक्ष चापागाईं
काठमाडौं– नेपालमा विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समस्या समाधान हुँदै गएपछि रुद्राक्ष व्यवसाय फस्टाउन थालेको थियो । तर पछिल्लो समयमा राजनीतिक अस्थीरताका कारण फेरी यो व्यवसायीमा केही समस्या उत्पन्न हुन थालेको रुद्राक्ष व्यवसायको विषयमा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईंले जानकारी दिए ।

उनको अनुसार नेपालबाट भारत र चीनमा रुद्राक्ष बढी निर्यात हुन्छ । यी दुई देशमा वार्षिक १५ देखि २० लाख केजी रुद्राक्ष निर्यात भइरहेको छ । भने नेपाली रुद्राक्षको भारतमा सबैभन्दा माग रहेको उनले बताए । ‘राम्रो तथा ठूलो सुन्दर रुद्राक्ष बढी चीन जाने गरेको छ भने मालाको लागी धार्मिक क्षेत्रमा प्रयोग हुने खालको रुद्राक्ष भारतमा जाने गरेको छ । ठुलो मुखे भने गोटाको हिसाबमा बिक्री हुन्छ ।’
वार्षिक ३ देखि ५ अर्ब रुपैयाँसम्म रुद्राक्षको कारोबार हुने गरेको छ । विदेशी मुद्रा भित्र्याउन रुद्राक्षले ठूलो सहयोग पुर्याएको छ । सरकारसँग पनि यस विषयको बारेमा धेरै कुरा गरेका छौं । मानिसको दैनिकीसँग अथवा धार्मिक हिसाबसँग पनि रुद्राक्ष गाँसिएको छ ।
![]() |
![]() |
![]() |
|---|
रुद्राक्ष दाना दिङ्लामा नै उत्पादन राम्रो भएको मानिन्छ । षडानन्द गुरुसँग जोडिएर आएको विषय भएकाले यो निकै पुराने विषय हो । एक सय ८ प्रजातिका बिरुवाहरू रोप्ने क्रममा पछि त्यहीँबाट जान आउन थालियो भन्ने किमदन्ति छ । अहिले रुद्राक्ष ४५ वटा जिल्लामा व्यावसायिक खेति गर्न थालिएको छ । भने ५० हजार जति रोजगारी समेत सिर्जना भएको संघका अध्यक्ष चापागाईंको दाबी छ ।
रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईंसँग मूलपत्र डट कमको ‘सम्भव छ’ कार्यक्रममा गरिएको भिडियो अन्तरर्वार्ता



