गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने लगायत ५ निर्णय गर्यो कांग्रेस बैठकले
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आगामी निर्वाचन केन्द्रित पाँच महत्वपूर्ण निर्णय गरेको छ। शुक्रबार सानेपामा बसेको बैठकले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको छ।

त्यसैगरी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने, पार्टी केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि उमेश श्रेष्ठको नेतृत्वमा समिति बनाउने निर्णय भएको छ।
बैठकले २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उपसभापति पुष्पा भुसाललाई समन्वयको जिम्मेवारी दिने तथा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय पनि गरेको छ।
![]() |
![]() |
![]() |
|---|




