पूर्वमन्त्री महावीरले पाए त्रिभुज चुनाव चिन्ह
म्याग्दी । म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले ‘त्रिभुज’ चुनाव चिन्ह पाएका छन्। शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उपलब्ध चिन्हमध्ये त्रिभुज रोजेपछि आयोगले सोही चिन्ह प्रदान गरेको हो।

निर्वाचन आयोगले केही चिन्ह प्रयोग गर्न नमिल्ने सूचीमा राखेको र बाँकी चिन्हमध्ये उम्मेदवारले रोज्न पाउने व्यवस्था गरेको छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ, जसमध्ये १ हजार १८८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
आज उम्मेदवारलाई चुनाव चिन्ह वितरणको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।
![]() |
![]() |
![]() |
|---|



