एमाले ओखलढुंगा जिल्ला कमिटी नै नेकपामा समाहित
काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीहरु नै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आज ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारी सहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन।

जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवालसहितको टिम आज काठमाडौंमा आयोजित कार्यक्रमका बीचमा नेकपामा समाहित भएको हो ।
पार्टी अध्यक्ष सहित सिंगो एमाले पंक्ति प्रतिनिधि सभाको टिकट दाबी गरेका अम्बिरबाबु गुरुङलाई नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका थिए ।
![]() |
![]() |
![]() |
|---|
नवप्रवेशीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गरेका थिए ।



