आज यी स्थानमा पानी पर्नसक्नेः सचेत रहन विभागको आग्रह
काठमाडौं । देशमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशका पश्चिमी भाग कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भागमा चट्याङ सहित पानी र असिना समेत पर्न सक्ने भन्दै सचेत रहन समेत आग्रह गरेको छ ।

विभागले ‘गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक रदुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित असिनाको समेत सम्भावना रहेको छ । सो को प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको’ जनाउँदै सचेत रहन आग्रह गरेको हो ।
आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको केही भू–भाग एक(दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।
![]() |
![]() |
![]() |
|---|



