देशभर कायम रहे ३ हजार ४ सय ६ जना उम्मेदवार
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४ सय ६ जना उम्मेदवार कायम रहेका छन् ।
उक्त निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन दिएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उक्त संख्या कायम भएको हो ।

निर्वाचन आयोगको तथ्यांक अनुसार दर्ता गराएका उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन् । उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन् भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन् । त्यसैगरी ६१ वर्षभन्दा माथिका चार सय २५ जना छन् ।
निर्वाचनका लागि यही माघ ६ गते मनोनयन दर्ता रहेको थियो । उम्मेदवार विरुद्धको दावी विरोध र हिजो ९ गते उम्मेदवारी फिर्ताको समय सकिएपछि बाँकी रहेका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



