Close

Recent Posts

काठमाडौं– ४ अपरिचित ‘हेभीवेटबीच त्रिपक्षीय भिडन्त, यसपटक एमालेका राजनलाई मौका

काठमाडौं– ४ अपरिचित ‘हेभीवेटबीच त्रिपक्षीय भिडन्त, यसपटक एमालेका राजनलाई मौका
  • ११ माघ २०८२, शनिबार ०९:०६

काठमाडौं– काठमाडौंको क्षेत्र नं– ४ विगत १२ वर्षदेखिको अटुट विरासत थियो । गगनसँग १२ वर्षबीचका तीन चुनावमध्ये लगातार दुई चुनावमा प्रतिस्पर्धा गर्दै पराजित भएका एमाले सचिव डा।राजन भट्टराई यस चोटि उनका उत्तराधिकारीसँग प्रतिस्पर्धामा सामेल छन् ।

mulpatra

गगन फेरि सोही क्षेत्रबाट उम्मेदवार हुने सम्भावना रहँदासम्म कतैबाट चुनाव नलड्ने घोषणा गरेका डा।भट्टराई गगनले क्षेत्र छोडे लगत्तै उम्मेदवारी दर्ता गर्न पुगे । त्यहीँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार छन्, पुकार बम ।

छाडेको क्षेत्रमा उत्तराधिकारीका रूपमा ३३ वर्षीय सचिन तिमल्सेनालाई त उभ्याएका छन् । तर, आजसम्म क्षेत्रका मतदाताले उनी को हुन् ? कस्ता हुन् ? कहाँका हुन् ? राम्रोसँग पत्तो पाएका छैनन् । किनभने, औपचारिक रूपमा उनी जनताबीच पुगेका छैनन् ।

mulpatra mulpatra mulpatra

अघिल्लो निर्वाचनमा काठमाडौं– १ बाट पराजित उनी गगनसँगै प्रतिस्पर्धा गर्ने मुड बोकेर त्यहाँ पुगेका थिए । तर, प्रतिस्पर्धी ‘सजिला’ भेटे । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २७ उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा भने कांग्रेसका तिमल्सेना, एमालेका डा। भट्टराई र रास्वपाका बम देखिएका छन् ।

अघिल्ला चुनावमा ‘गगनमय’ हुने क्षेत्रमा यस चोटि उनी नहुँदा एक किसिमको सन्नाटा छाएको छ । मतदाताले पूर्वधारणा बनाइहाल्न सकेका छैनन् । किनभने, मुख्य तीन प्रतिस्पर्धीमध्ये डा. भट्टराई मात्र परिचित छन् । बाँकी दुई परिचित हुन बाँकी छन्, तर उत्तिकै ‘हेभीवेट’ का रूपमा उभिएका छन् ।

डा।भट्टराईचाहिँ गगनसँग चुनाव लडेर समय र पैसा खेर फाल्नुभन्दा चुपचाप पार्टी काम गरेर बस्नुमा भलो देखिरहेका थिए । तर, गगनभन्दा कम ‘हेभीवेट’ हुँदा उनी हत्तपत्त उम्मेदवार बने । यद्यपि, मतदाताबीच अनुमान छ कि, गगनले १२ वर्षको विरासत छोड्दा ‘लरतरो’ मान्छेलाई छाडेका छैनन् ।

Image Source: © https://mulpatra.com

डिजिटल मार्केटिङको जमाना छ । तिमल्सेना नामी कन्टेन्ट क्रिएटर हुन् । डिजिटल प्लेटफर्महरुले चुनावी परिणाम तय गर्ने समयमा मनोनयन दर्ता गरेको ३–४ दिनमै उम्मेदवार चिनिएन भन्नु बेकार हुन्छ । त्यसैले अहिलेको चुनाव पनि डा।भट्टराईका निम्ति चुनौतीमुक्त छैन ।

त्यसमाथि देशभर आएको ‘घण्टी लहर’ को मारमा कांग्रेस–एमाले पर्ने संकेत देखिँदैछ । त्यहाँ ‘घण्टी छाप’ का बम उभिएका छन् । यसको मारमा तिमल्सेना र डा। भट्टराई उत्तिकै पर्ने छाँटकाँट छ ।

५७ वर्षीय डा. राजन भट्टराई ४० को दशकबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् । उनी तत्कालीन अनेरास्ववियु (पाँचौँ) बाट तत्कालीन नेकपा मालेमा संगठित भए ।

विद्यार्थी राजनीतिमै हुँदा विदेश मामिलामा चासो राख्ने उनी अनेरास्ववियु सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्जाल एसियाली विद्यार्थी संगठन (आसा) को प्रमुख भएर उनी केही समय हङकङमा बसे ।

नेपाल र भारतबीचका विगतका सन्धि, सम्झौता पुनरावलोकन गर्न बनेको दुई देशका प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) को सदस्य भए । यो जिम्मेवारीमा रहँदारहँदै उनी २०७४ को निर्वाचनमा गगन थापासँग चुनाव लड्न काठमाडौं ४ पुगे ।

उदाहरणका लागि– उक्त क्षेत्रको निर्णायक स्थान बुढानीलकण्ठ नगरपालिकाका अधिकांश वडा हुन् । उक्त नगरपालिकामा २०७९ को निर्वाचनमा मेयर जितेका एमालेका मीठाराम अधिकारीले १४२५० मत पाएका थिए । पराजित हुने नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसेले ११५१२ मत पाए ।

उक्त नगरपालिकाका १, २, ८ देखि १३ नम्बरसम्मका वडा क्षेत्र नं. ४ मा पर्छ । ती सबै वडामा एमालेका वडाध्यक्ष प्यानल सहित निर्वाचित थिए । क्षेत्र नंं. ४ मा काठमाडौं महानगरको वडा नं. १ ,७, ८ र ३० पर्छ ।

त्यसमध्ये १ मा एमाले र ७, ८ र ३० मा कांग्रेसका वडाध्यक्षले जितेका थिए । यसरी हेर्दा क्षेत्रभरि कांग्रेसले जित्ने वडा जम्मा ३ वटा हो । तर, तिनै वडामा संसदीय चुनाव हुँदा गगन अगाडि हुन्थे । र, ती वडाहरूकै मतले डा।भट्टराई पराजित हुँदै आएका थिए ।

देशमा २०६२–०६३ को जनआन्दोलन चल्दा उनी दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा विद्यावारिधि गर्दै थिए । चर्चित १२ बुँदे सम्झौता हुँदा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको दिल्ली यात्राका सहजकर्ता थिए । उक्त भूमिकाको कदरस्वरुप पहिलो संविधानसभामा उनी समानुपातिक तर्फका सांसद भए । पछि

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com