झापा–४ मा यस पटक पनि साँवालाई भोट हाल्ने मतदाताको बाचा, राश्वपा–कांग्रेसभन्दा उनकै चर्चा
झापा– गत निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा (एलपी) विजयी भए । गत निर्वाचनमा साँवाले नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस जिल्ला सभापति देउकुमार थेबेलाई ६ हजार ८६७ मतान्तरले पराजित गर्दै साँवा विजयी भएका थिए । यसपटक पनि साँवाकै राम्रो सम्भावना भएको झापा–४ कै मतदाता अडकलवाजी छ ।

साँवा २०७४ र २०७९ मा लगातार दुई पटक सोही क्षेत्रबाट विजय भएका थिए २०७० सालको निर्वाचनमा भने पराजित भएका थिए । यसपटक पनि जनताको आस्था उनैमा रहेको झापा–४ का मतदाता बताउँछ । साँवा नेता मात्र होइन समाजसेवी पनि भएको केरखाका मतदाता जिवन अधिकारी बताउँछन् ।
साँवाले झापा–४ लागि धेरै काम गरेको र उनी भाइरल हुने आफनो काम गुनगानका लागि धेरै प्रचार नगर्नृ गरेको उनले बताए ।
![]() |
![]() |
![]() |
|---|
यस्तै तोपगाछीकी सुनिता कार्कीपनि यसपटक पनि साँवा नै मतदाना गर्ने बताउँछिन । साँवाले झापा–४ लागि धेरै राम्रो काम गरेको र यो जनताले मुल्याकंन गर्नुपर्ने उनले बताइन् । उनी एमाले कार्यकर्ता भने होइन ।
एलपी साँवा कस्तो व्यक्ति
लालप्रसाद साँवा लिम्बूको राजनीतिक जीवन २०३६ सालबाट सुरु भएको थियो । जुन बेला नेपालमा पञ्चायती व्यवस्था चरम उत्कर्षमा थियो । भूमिगत राजनीति र संगठन विस्तारको कठिन मार्गमा हिँड्दै उनले २०४७ सालमा नेकपा एमालेको पूर्णकालीन सदस्यता प्राप्त गरे ।
Image Source: © https://mulpatra.com
धरान क्याम्पस (हात्तिसार) मा साँवा २०४३ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भए, काठमाडौं पढ्न आएपछि पनि संगठनमै लागिरहे । त्यतिबेला उनी जागिर खाएर जीवन सोच बनाए । तर उनी अन्तिममा राजनीतिकसँगै वैदेशिक रोजगारीमा गएका युवालाई सीप सिकाएर, प्रशिक्षण दिएर पठाउनुपर्छ भनेर यही व्यवसायीतिर लागे ।
तर उनले राजनीतिक भने छाडेनन् । काठमाडौँमा टेक्निकल इन्स्टिच्युट स्थापना गरे । त्यसपछि लगातार व्यवसायमा होमिएका उनले म्यानपावर, ट्राभल, मेडिकल सेन्टर लगायत अनेक व्यवसायमा हात हाले। यद्यपि राजनीतिबाट फुत्किन नसकेको उनले बताए ।
२०७० सालमा गाउँमा कांग्रेसका प्रतिस्पर्धीलाई हराउन सक्ने उम्मेदवारको खोजी हुँदै थियो । त्यहीक्रममा धेरैको मुखबाट नाम आयो– एलपीले हराउन सक्छ। २०७० सालको चुनावमा झापा–५ बाट उनी एमालेको उम्मेदवार बने । आफू त्यति तयारीमा नभए पनि साथीहरूको जोडमा उम्मेदवारी दर्ता गराएको बताउने उनी थोरै मतान्तरले पराजित भए ।
‘७० को चुनावमा म २४० मतले हारेँ। मलाई लाग्यो— अझै जनतासँग नजिक जान बाँकी भन्ने लाग्यो । त्यो हार होइन सिकाइ थियो । हारको भोलिपल्टबाटै एलपी गाउँ–गाउँ धाउन थाले । कुलो–कुलेसो, सडक–पुल, मठ–मन्दिर— हरेक समस्या बुझ्दै हिडे ।’ उनले भने ।
२०७४ को चुनावी परिणामले पनि त्यस्तै देखायो। एमाले–माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका लिम्बूले चुनाव जिते र पहिलोपल्ट संसदीय यात्रा तय गरेपछि जनताकै लागि काम गरिरहे । मन्त्रीभन्दा झापा–४ को अर्थतन्त्र। विकास र अन्य काम तिर लागेको उनको दाबी छ ।
त्यसैले लिम्बू स्वयं धेरैपटक गाउँका योजना लिएर मन्त्रालय धाएका छन्, पुल बनाउन भेला डाकेका छन्, बाटो कालोपत्रे गराउन सिंहदरबार गुहारेका छन् ।
‘सांसद भएदेखि मैले गाउँ छाडेको छैन, गाउँको विकासमा पनि धेरैहदसम्म गर्न सकेको छु,’ उनले यो कार्यक्रममा आफ्नो निर्वाचन क्षेत्रका लागि गरेको योगदानको फेहरिस्त सुनाएका छन् ।
जनस्तरमा स्वीकार्यता भएका नेता हुन् । पार्टीको नारालाई ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्दै कार्यान्वयनमा लागिरहेका लिम्बू जस्ता नेतालाई कार्यकारी भूमिकाबाट वञ्चित राख्नुले पार्टीले जनताको अभिमतलाई पूर्ण सम्मान नगरेको सन्देश जानसक्ने चिन्ता स्थानीय कार्यकर्तामा देखिन्छ ।
पार्टीले ‘मुलुकमा स्थिरता, एमालेमा केपी शर्मा ओलीको नेतृत्व आजको आवश्यकता’ भन्ने नारालाई सार्थक बनाउन जनआधार भएका नेताहरुलाई अगाडि ल्याउनुपर्ने आवश्यक छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



