माथिल्लो सदन राष्ट्रिय सभामा कांग्रेस ठुलो दल बन्यो

माथिल्लो सदन राष्ट्रिय सभामा कांग्रेस ठुलो दल बन्यो
  • १३ माघ २०८२, सोमबार १३:२५

काठमाडौं– संघीय संसदको माथिल्लो सदनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँगको गठबन्धन गरेको कांग्रेस आफूलाई माथिल्लो सदनमा ठूलो दल बन्न सफल भएको हो । यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ठूलो दल थियो ।

mulpatra

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुने १८ पदका आइतबार (माघ ११) भएको निर्वाचनमा कांग्रेसका ९ जना निर्वाचित भएसँगै ठूलो दल बनेको हो । विघटित प्रतिनिधिसभामा ठूलो दल बनेको कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बनेको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा तीन जना राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ भने बाँकी ५६ जना निर्वाचनबाट दलीय प्रतिनिधित्व हुने गर्छ । जसअनुसार आइतबार भएको निर्वाचनको परिणामपछि राष्ट्रिय सभामा कांग्रेस ठूलो दल बन्दा नेकपा दोस्रो र एमाले तेस्रो दल बनेको छ । राष्ट्रिय सभामा कांग्रेस २५ सिटसहित पहिलो दल बनेको हो। यसअघि कांग्रेसको १६ सिट थियो।

mulpatra mulpatra mulpatra

नेकपा १८ सिटसहित दोस्रो, ११ सिटसहित एमाले तेस्रो दल बनेको छ । आइतबार भएको निर्वाचनमा कांग्रेस ९, एमालेका ८ र लोसपाका १ जना निर्वाचित भएका हुन् । कांग्रेसबाट सुनीलबहादुर थापा, धर्मेन्द्र पासवान, रन्जित कर्ण, गीतादेवी देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्बहादुर खाती निर्वाचित भएका हुन् ।

यस्तै, एमालेबाट रोशनी मेचे, सोमनाथ पोर्तेल, रेखाकुमारी झा, प्रेमप्रसाद दंगाल, सम्झना देवकोटा, रामकुमार झाँक्री, मीनासिंह रखान र लिलाकुमारी भण्डारी विजयी भएका हुन् ।

यसैगरी लोसपाबाट महन्थ ठाकुर निर्वाचित भएका हुन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com