Close

Recent Posts

आजको मौसम पुर्वानुमानः काठमाडौंमा चिसो बढ्ने, बुधबार पानी पर्न सक्ने

आजको मौसम पुर्वानुमानः काठमाडौंमा चिसो बढ्ने, बुधबार पानी पर्न सक्ने
  • १४ माघ २०८२, मंगलवार ०६:१०

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको कारण हिमाली भु–भागमा हिउँ पर्न सक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशका धेरैजसो ठाउँमा वर्षा र हिमपात हुने सम्भावना छ।

mulpatra

महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू‍–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज बेलुकी देखि भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा बाग्मती प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने समेत विभागले जनाएको छ । पश्चिम तराईका केही भू–भागमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको समेत सम्भावना रहेको छ।

mulpatra mulpatra mulpatra

मङ्गलवार रातिदेखि नेपालमा वर्षा र हिमपात गराउने प्रणाली सक्रिय हुने हुनाले पश्चिम क्षेत्र हुँदै बुधबार काठमाडौंमा समेत चिसो बढ्ने र पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । जसले गर्दा चन्द्रागिरी, नगरकोट, फुल्चोकीमा हिउँ पर्नसक्ने मौसमविद्ले जानकारी दिएका छन् ।