Close

Recent Posts

प्रतिनिधिसभा सदस्य उमेदवारले चुनाव खर्च छुट्टै बैंक खाता खोलेर गर्नुपर्ने (यस्तो छ सूचना)

प्रतिनिधिसभा सदस्य उमेदवारले चुनाव खर्च छुट्टै बैंक खाता खोलेर गर्नुपर्ने (यस्तो छ सूचना)
  • १४ माघ २०८२, मंगलवार ०७:५५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उमेदवारहरूलाई चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधमा बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

mulpatra

परिपत्रअनुसार राजनीतिक दल, दलका तर्फबाट प्रतिनिधित्व गर्ने उमेदवार (समानुपातिक उमेदवारसमेत) तथा स्वतन्त्र उमेदवारले निर्वाचन अवधिसम्म सञ्चालन हुने गरी एक मात्र छुट्टै बैंक खाता खोल्नुपर्नेछ। निर्वाचनसँग सम्बन्धित सम्पूर्ण आम्दानी र खर्च यही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा नेपाली रुपैयाँमा कारोबार गर्न मिल्ने गरी यस्तो खाता खोल्न सकिनेछ। आमनिर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगले खाता बन्द गर्न निर्देशन नदिएसम्म ती खाता सञ्चालनमै रहने राष्ट्र बैंकले जनाएको छ।

mulpatra mulpatra mulpatra

निर्वाचनका बेला हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन र उमेदवारहरूलाई चुनावी खर्चको हिसाब–किताब राख्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।