काठमाडौंको मुलपानीबाट लुटेरा समूह पक्राउ
काठमाडौं । गएराति काठमाडौंको मूलपानीमा लुटेरा समूहलाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा हिँडेको बेला नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि गोली प्रहार गरी प्रहरीले १० जनलाई पक्राउ गरेको छ ।

रातिको समयमा गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि परिचालिन प्रहरीमाथि नै आक्रमण प्रयास भएपछि गोली चलाइएको परिसरले जनाएको छ ।
प्रहरीको गोलि लागि लुटेरा समूहका विनय तामाङ एकजना घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान पछि विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



