उपसभापति डीपी अर्याल संयोजकत्वमा ५१ सदस्यीय संघीय निवार्चन सम्पादन समिति गठन
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचको प्रसाचर प्रसारका लागि उपसभापति डीपी अर्याल (डोलप्रसाद) संयोजकत्वमा ५१ सदस्यीय संघीय निवार्चन सम्पादन समिति गठन गरेको छ । समितिको सदस्यसचिवमा शंकर श्रेष्ठ छन् ।

यसैगरी, रास्वपाले प्रदेश समन्वय समिति पनि गठन गरेको छ । कोशीमा उपेन्द्र पाण्डे, मधेशमा, डा. नमिता यादव, बागमतीमा सिरता ज्ञावली, गण्डकीमा तोयाराज अधिकारी, लुम्बिनीमा अर्जुन अधिकारी, कर्णालीमा श्यामबाबु गौतम र सुदूपश्चिमा डा. कृष्ण भेटुवालले प्रदेश समन्वय सचिवको जिम्मेवारी पाएका छन् ।
यस्तै ३ वटा उपसमिति पनि गठन भएका छन् । अन्तरित समन्वय उपसमितिमा रामकृष्ण भट्टराई, प्रशासनिक समन्वय उपसमितिमा विष्णुकुमार श्रेष्ठ र संचार समन्वय उपसमितिमा प्रतिभा रावल संयोजक छन् ।
![]() |
![]() |
![]() |
|---|



