कांग्रेस आत्मालोचनासहित अघि बढिरहेको उपसभापति विश्वप्रकाश शर्माको दाबी
काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस देश परिवर्तनका निम्ति आत्मालोचनासहित अघि बढिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजत पार्टीको भेलालाई सम्बोधन गर्दै उनले सबै कुराको आत्मालोचना गरेर कांग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताएका हुन् ।
उनले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताए । शर्माले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरू कोही २३ भदौ र कोही २४ भदौका रहेको भन्दै कांग्रेसको उम्मेदवार १ माघको रहेको बताए ।
![]() |
![]() |
![]() |
|---|
‘कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन् । प्रधानमन्त्रीका उम्मेदवारहरू थुप्रै हुनुहुन्छ । कोही भदौ २३ कोही भदौ २४ वाला हुनुहुन्छ ।
नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो,’ उनले भने, ‘सारा विषयलाई डकुमेन्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबर्जस्त ढंगले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टीभित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको कांग्रेस र कांग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि हो । सद्भाव, सुशासन र समन्नुत । अहिले समाजलाई सद्भाव सबैभन्दा बढी चाहिएको छ । हामी कसले जिताउँला आफ्नो ठाउँमा छ । जित्ने हार्ने चलिरहन्छ ।’



